राजनीति

राष्ट्रिय परिचयपत्रसँगै सम्पत्ति विवरण पनि राख्नुपर्छ : प्रमुख आयुक्त राई



काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकको एकीकृत व्यक्तिगत विवरण व्यवस्थित नभएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाई हुने बताएका छन् ।


आज काठमाडौँ आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै प्रमुख आयुक्त राईले राष्ट्रिय परिचयपत्रमा नागरिकको व्यक्तिगत विवरणसँगै सम्पत्ति विवरण पनि राख्ने व्यवस्था शीघ्र मिलाउनुपर्ने बताए । “राष्ट्रिय परिचयपत्रमा नागरिकको व्यक्तिगत विवरणका साथै सम्पत्ति विवरण पनि राख्ने व्यवस्था शीघ्र मिलाउन आवश्यक छ,” उनले भने । 

आयोगमा प्राप्त हुने उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित रहेको जानकारी दिँदै राईले संघीयता संस्थागत हुन नसक्दा भ्रष्टाचार बढिरहेको बताए । अख्तियारले अनुसन्धान गर्दा विकासको बाधक भन्ने भाष्य पारिएको दुखेसो पनि राईले कार्यक्रममा पोखे ।