डोटी, २९ माघ । डोटीमा बन्दुकको छर्रा लागी एक युवकको मृत्यु भएको छ ।
बोगटान फुड्सिल गाउँपालिका-१ लफडा गाउँका ३० बर्षीय कलम धामीको बुधबार बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी अनुसार बुधबार साँझ स्थानीय दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ्ग गर्ने क्रममा कोठामा राखिएको भरुवा बन्दुक पड्किएर बाँया कन्चटमा छर्रा लागी उनको मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्