राजनीति

दुई संसदीय समितिको बैठक बस्दै



काठमाडौँ, २९ माघ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल हुनेछ । 

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।