दुई सरकारी कार्यालय र मानवअधिकार आयोगको गाडी तोडफोड

सप्तरी (राजविराज), २४ फागुन । प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन तीव्र पारेका छन् । प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय र नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन् । हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले अहिले जिल्ला प्रशासन कार्यालय घेरिरहेका छन् । जिल्ला…