क्याम्पसले उद्यमशील सहायता कार्यक्रम सञ्चालन गर्ने

चितवन, ३० बैशाख । जिल्लामा रहेर व्यवस्थापन संकाय अध्यापन गराउने तीनवटा क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले विश्वविद्यालय अनुदान आयोगको ‘एनईएचईपी’ परियोजनाअन्तर्गत उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्न लागेका हुन् । विश्वविद्यालयले माग गरेको आशयपत्रको मूल्यांकन अनुसार १८ वटा क्याम्पसमा…