कोसीटप्पु वन्यजन्तु आरक्षमा बदेलको आक्रमण

इनरुवा, ५ माघ । कोसीटप्पु वन्यजन्तु आरक्षमा आज बदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइते हुनेमा सुनसरी पश्चिमकुशाहा–८ बस्ने ८ रिना उराव, सङ्गीता चन्द्रवंशी, रामे उराव र पश्चिमकुशाहा–९ बस्ने चन्द्रदेव यादव रहेको आरक्षको कार्यालयले जनाएको छ । खर काट्न आरक्ष गएका बेला उनीहरुलाई बदेलले आक्रमण गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए…