बैंक

ग्राहक पहिचान विवरण नवीकरण नगर्नेलाई शेयर कारोबार गर्न नदिन धितोपत्र बोर्डको निर्देशन



बैशाख २१, काठमाडौं । ग्राहक पहिचान विवरण नवीकरण नगर्नेलाई शेयर कारोबार गर्न नदिन धितोपत्र बोर्डको निर्देशन दिएको छ ।

बजारमा कालोधन भित्रन नदिइने उद्देश्यका साथ बोर्डले वैशाख मसान्तभित्रमा ग्राहक पहिचान विवरण नवीकरण नगराउने ग्राहकलाई शेयर कारोबारमा संलग्न नगराउन निर्देशन दिएको हो । बोर्डले धितोपत्र बजारमा कालोधन भित्रिन नदिन ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका’ लाई थप सृद्धढ बनाउने जनाएको छ ।

उता सूचक संस्थाले जोखिमको आधारमा आफूसँग कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचान सम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार बोर्डले बैशाख मसान्तभित्र ग्राहकको पहिचान विवरण (केवाईसी) नविकरण गराउन समेत निर्देशन दिएको छ ।