बैंक

फेरी घट्यो नेप्से , यी हुन् कमाउने कम्पनिहरु



बैशाख २६, काठमाडौं । दिनभरको उतावचढाव पछी साताको चौथो दिन बुधबार पनि नेप्से ४.७८ अंकले घटेर १ हजार ३ सय ५६ दशमलब १५ अंकमा पुगेसँगै कारोवारमा कमी आएको छ ।

अघिल्लो दिन मंगलबार भने नेप्से १५ दशमलव ६५ अंकले बढेर १ हजार ३ सय ६१ दशमलव ०२ अंकमा पुगेको थियो ।

१६० कम्पनीको ६ लाख ५४ हजार २ सय २४ कित्ता सेयर किनबेच भएको बुधबार ३४ करोड ७ लाख ३४ हजार ३ सय ८९ रुपैयाको कारोबार भएको छ । मंगलबार १ सय ६५ कम्पनीहरुको १४ लाख ३९ हजार ३ सय ९३ कित्ताको शेयर किनबेच हुँदा ५० करोड ६४ लाख ८९ हजार ३२२ रुपैयाँको कारोबार भएको थियो ।

यस दिन अन्य समूह बाहेक कारोबारमा आएका सबै समूह घटेका छन् । अन्य समूह शुन्य दशमलब ०९ अंकले बढेको छ । सबै भन्दा बढी बिमा समूह १८ दशमलब ६९ घटेको छ भने होटल्स समूह १२ दशमलब ०१ अंक, बिकाश बैंक समूह ८ दशमलब ०७ अंक, माइक्रोफाइनान्स समूह ६ दशमलब ६३ अंक, जलबिधुत समूह ६ दशमलब २ अंक, बैंकिंग समूह ५ दशमलब १ अंक, उत्पादन समूह ४ दशमलब ४३ अंक र फाइनान्स समूह २ दशमलब ६९ अंकले घटेका छन् ।