बैंक

माछापुच्छ्रे बैंकको तीन नयाँ शाखा



जेठ ८, काठमाडौं । माछापुच्छ्रे बैंकले तीन शाखा र दुई शाखारहित बैंकिङ सेवा थप गरेको छ ।

बैंकले भोजपुर नगरपालिका, धरान उपमहानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकामा शाखा खोलेको हो। बैंकको नयाँ शाखाबाट कर्जा, निक्षेपका साथै सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध हुने छ।

बैंकको शाखा संख्या अब ७७ पुगेको छ ।