काठमाडौँ, २५ पौष । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्न जनसंगठनहरूलाई निर्देशन दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरू निर्वाचन अभियानको अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो । महासचिव पोखरेलले यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई वर्गसंघर्षको लडाइँ भएको उल्लेख…