सरकारलाई नछल्न अटो व्यवसायीलाई मन्त्री खतिवडाको आग्रह

काठमाडौँ, १० भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई नछल्न अटो व्यवसायीलाई आग्रह गरेका छन् । काठमाडौँमा आज नाडा अटो शो-२०१९को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने, ‘तपाईंहरुले सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस् । सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेश हुन चाहन्छ, तपाईंहरु पनि इमान्दारीपूवर्क पेश भइदिनुस् । अनि हामी टेबलमा बसेर कुरा गर्न सक्छौं ।’…