काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक रहेको बताएका छन । आइतबार साँझ संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तरराष्ट्रिय संगठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले गरेको स्वागत समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररूपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको…