पृथकतावादीलाई मूलधारको राजनीतिमा ल्याउन सरकार सफल : गृहमन्त्री

पोखरा, २४ चैत । गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले पृथकतावादीहरुलाई मूलधारको राजनीतिमा ल्याउन सफल भएको बताएका छन । आइतबार पोखरामा भइरहेको क्षेत्रीय सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री थापाले मुख्य समस्याको रुपमा रहेका पृथकतावादीलाई मूलधारमा ल्याउन सफल भएको बताए । उनले भने, पृथकतावादीहरुलाई मूलधारको राजनीतिमा ल्याउन सफल भएका छौं ।, ‘राष्ट्रिय अखण्डता र देशको विकासमा समाहित गर्ने उनीहरुले सहमति गरेका छन्…