विरगञ्ज, २७ पौष । गृहमन्त्री रामबहादुर थापा (वादल)ले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई साकार पार्दै नेकपा नेतृत्वको संयुक्त सरकारले समाजवाद निर्माण गर्दै साम्यवादसम्म पुग्ने आधार भएको बताउनुभएको छ । नेकपा पर्साको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपाका सचिवालय सदस्य समेत रहनुभएका मन्त्री बादलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्लो तह तथा भातृ संगठनहरुको एकता गर्न…