किन बन्दैछ असुरक्षित तीनकुने–सूर्यविनायक छ लेन सडक

भक्तपुर,२७ माघ । भक्तपुर थिमीका ६६ वर्षीय फर्निचर व्यवसायी जगतबहादुर श्रेष्ठ बुधबार मध्यपुर थिमी चारदोबाटोमा जेब्राक्रसिङमा ठहरै भए। बिहान साढे पाँच बजे काठमाडौतिरबाट आएको सवारी साधनले ठक्कर दिँदा उनको जेब्राक्रसिङमै मृत्यु भएको हो । द्रुत गतिको ठक्करका कारण उनको शरीर जेब्राक्रसिङबाट पूर्वतिर दुई सय मिटर टाढा हुत्तिएको थियो। घटनापछि मृतकका आफन्त र स्थानीयले बुधबार करिब…