गौरा पर्व नेपालीको विशिष्ट पहिचान : प्रधानमन्त्री देउवा

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व गौरा पर्वका अवसरमा आज स्वदेश तथा विदेशमा रहेकामा शुभकामना दिँदै यो पर्व नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गरेकाछन । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरूको अनुपम संगमस्थल हो ।…