काठमाण्डौ ११ भदौ ।नेकपा एमाले स्थायी कमिटीको ७७ औं बैठक हिजो भदौ १० गते का।वा। अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्यो । बैठकले देहायको निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा व्यक्त गर्नुभएका कतिपय अभिव्यक्ति तथा भ्रमणका अवसरमा जारी संयुक्त वक्तव्यमा उल्लेखित कतिपय विषयप्रति नेकपा एमाले को गंभीर ध्यानाकर्षण भएको…