अलि बिग्रियौं, अब सच्चिन चाहन्छौं : दाहाल

काठमाडौँ, ११ कार्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन सरकार ढाल्ने खेलमा आफूहरू नलागेको बताएका छन् । काठमाडौंमा शनिबार भएको खबरदारी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेसँग सहकार्य नगर्ने दाबीसमेत गरेका छन् । सरकार ढाल्ने खेलमा माओवादी लागेको भन्ने आरोपको खण्डन गर्दै अध्यक्ष दाहालले सत्तामा जान आफूहरूलाई हतार नभएको बताए । ‘माओवादीले सडकबाट सरकार ढाल्ने हतारो…