बैतडी, ९ असार । निर्वाचन आयुक्त सुधीरकुमार शाहले असार १४ गते हुन गइरहेको निर्वाचन बैतडीमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नका लागि जिल्लाको शान्तिसुरक्षाको अवस्था सन्तोषजनक रहेको बताए। आज जिल्लाको शान्तिसुरक्षा अवस्था अनुगमन गर्न बैतडी आइपुग्नुएका आयुक्त शाहले यस्तो बताएकाहुन । निर्वाचनको ज्यादै ठूलो महत्व भएकाले ढुक्कसँग कसैको डर–त्रास नमानी मतदान गर्न उहाँले आम मतदातालाई आग्रह गरे…