आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

काठमाडौं, १९ जेठ ।  कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ । कर निर्धारणका विषयमा छलफल गर्न आयोगले आज महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएको थियो । आयोगका एक अधिकारीले महानिर्देशक शर्मा पक्राउ गरेको पुष्टि गरे । ती अधिकारीले भने, ‘शर्मालाई आयोगले हिरासतमा राखेको…