निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन सभापति देउवाको आह्वान

काठमाडौँ, ३० वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि हुने स्थानीय तहको मतदानलाई उल्लासमय पर्वका रुपमा शान्तिपूर्ण तरिकाले सफल बनाउन आह्वान गर्नुभएको छ । सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै मुलुक संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको अवस्थामा हुन गइरहेको निर्वाचनको नागरिकको अधिकार नागरिककै तहमा पु¥याउन ऐतिहासिक महत्व रहेको उल्लेख गर्नुभएको छ ।…