काठमाडौं, ११ फागुन । प्रमुख विपक्षी दल एमालेसहितका नौ दलहरूले संविधान संशोधन विधेयकलाई प्रक्रियामार्फत अगाडि बढाउँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले के गर्छ भन्ने प्रश्न उठाएका छन् । मधेसी मोर्चाले संविधान संशोधन विधेयकलाई पारित गर्नुपर्ने जनाउँदै आएको छ । विधेयक प्रक्रियाबाट अगाडि बढ्यो भने मधेसी मोर्चाले सदनबाट आउने रिजल्टलाई मान्छ कि मान्दैन भन्ने विषयमा विपक्षी दलहरूले…