Banner News

नौ दलको प्रश्न मधेशी मोर्चाले सदनबाट आउने रिजल्टलाई मान्छ कि मान्दैन ?



काठमाडौं, ११ फागुन । प्रमुख विपक्षी दल एमालेसहितका नौ दलहरूले संविधान संशोधन विधेयकलाई प्रक्रियामार्फत अगाडि बढाउँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले के गर्छ भन्ने प्रश्न उठाएका छन् ।

मधेसी मोर्चाले संविधान संशोधन विधेयकलाई पारित गर्नुपर्ने जनाउँदै आएको छ । विधेयक प्रक्रियाबाट अगाडि बढ्यो भने मधेसी मोर्चाले सदनबाट आउने रिजल्टलाई मान्छ कि मान्दैन भन्ने विषयमा विपक्षी दलहरूले प्रश्न उठाएका हुन् ।

अन्तर्राष्ट्रिय सम्मेलनमा बसेको नौ दलको बैठकमा संविधान संशोधनका विषयमा कतिपय विषयहरूमा सत्तापक्षबाट जवाफ आउन आवश्यक रहेको निष्कर्ष निकालिएको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै रावले भने, ‘सीमाङ्कनको हेरफेरको विषय आउँदा प्रदेश सभाले प्रस्ताव गर्नुपर्छ । यी विषयमा सरकारको धारणा आउनु पर्छ ।’ उनले सत्तापक्षबाट यो जवाफ नआउँदासम्म आजको संसद बैठक नचलाइयोस भन्ने ९ दलको निर्णय रहेको बताए ।