काठमाडौँ, २३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू संविधान संशोधनको विपक्षमा नरहेको बताएका छन् । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले संविधान संशोधनका नाममा जनताका हकअधिकार र प्राप्त उपलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने बताए । उत्पीडित वर्ग र समुदायको उत्थानका निम्ति ल्याइएको समानुपातिक एवं…