सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न पहल गर्छुः मन्त्री थापा

भक्तपुर, १२ साउन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आफ्नो कार्यकाल क्यालेण्डर बनाएर स्वास्थ्य क्षेत्रको नतिजामूखी र ऐतिहासिक कार्यहरु गर्ने उद्घोष गर्नुभएको छ । आज नेपाल प्रेस सोसाईटीले भक्तपुरमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री थापाले भक्तपुरका जनताले दिनुभएको जनमतलाई उच्च मध्यनजर गर्दै आफ्नो मन्त्री हुँदाको कार्यकालमा जनताको शीर झुक्न नदिने प्रतिवद्धता…