काठमाडौँ, ४ असार । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कांग्रेस नेता जोडिएका तीनवटा फाइल खोल्न कसले रोक्यो भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गतको गृह र भौतिक पूर्वाधार मन्त्रालय शीर्षकको छलफलमा भाग लिन रोष्ट्रम पुगेका संसाद थानीले तीनवटा फाइल खोल्ने घोषणा के हुँदै छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे…