राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत

काठमाडौँ, १ जेठ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ ।  आज सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा मोटामोटी सहमति भएको बताइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्नेगरी…