Banner News

संसदीय समिति नबनाइए नीति तथा कार्यक्रम पेस गर्न नदिने कांग्रेसको निर्णय



काठमाडौँ, ३१ वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नगरिए सरकारको नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गरेको छ ।

पार्टीको आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट सहकारीको बचत हिनामिनाबारे छानबिन गर्न संसदीय समिति बनाइए मात्र नीति तथा कार्यक्रम पेस गर्न दिने पक्षमा कांग्रेस पुगेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समिति बनाउन सत्तासाझेदार दलसँग छलफल गर्ने भनेकाले आज र भोलिसम्म पर्खने निर्णय पनि बैठकबाट गरिएको बताइएको छ  ।

बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले हिजो (आइतबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलको ‘बिफ्रिङ’ गरेका थिए । संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक रहेको देउवाको भनाइ थियो ।