काठमाडौँ, २ पौष । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार केही भूभागमा आंशिक बदलीबाहेक देशभरको मौसम आज सफा रहनेछ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ…