किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई रविको चेतावनी

काठमाडौँ, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् ।  आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभरका दूग्ध किसान र मह किसानहरू मारमा पर्दा पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए । उनले किसानको आन्दोलनलाई नजरअन्दाज गरे उनीहरूले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्ने चेतावनी दिए…