काठमाडौँका यी स्थानमा भेला र प्रदर्शन गर्न नपाइने: ५ जनाभन्दा बढी भेला हुन बन्देज

काठमाडौँ, १ कार्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।  प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ । विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुनसक्ने र आपसी…