राष्ट्रिय सभा बैठकमा एमालेले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडाैँ, ११ साउन । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै उनीमाथि अनुसन्धान गर्न माग गरेको छ । आज बसेको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले त्रिभुवन विमानस्थलबाट भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको समेत संलग्नता रहेको आरोप लगाउँदै…