काठमाडौँ, २५ जेठ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ । बजेटमाथिको छलफलमा सांसदहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । सत्तारुढ दलका सांसदहरूले पनि बजेटको आलोचना गरिरहेका छन् ।