जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न सरकारलाई मुख्यमन्त्री आचार्यको आग्रह

काठमाडौँ, ४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनासहित त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन् । आज नेकपा (एमाले) अर्घाखाँचीको सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले न्यायिक छानबिन आयोग गठन गरी घटनाको गहिरो अनुसन्धान अघि बढाउन वर्तमान सरकारले हिम्मत…