कठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रको अवस्थालार्य म”ल्यांकन गरी मौद्रिक नीति आउने विश्वास दिलाउनुभएको छ । अर्थमन्त्री जनार्दन शर्मासमक्ष गभर्नर अधिकारीले आगामी मौद्रिक नीतिबारे ब्रिफिङका क्रममा उक्त कुरा बताउनुभएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री र मन्त्रालयको टिमले बजेटले लिएका लक्ष्य प्राप्त गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा राखेका…