काठमाडौँ, ३० बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए । प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताए । उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको बताए । ‘निर्वाचन हुँदैन…