३ करोडभन्दा कमका योजना नराख्ने मापदण्ड : १ हजारका योजना पनि संघीय बजेटमा (सूचीसहित)

काठमाडौँ, २७ जेठ । संघीय सरकारको बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना नराख्ने मापदण्ड रहे पनि सहरी विकास मन्त्रालयअन्तर्गत २० वटा कार्यक्रममा एक–एक हजार रुपैयाँ विनियोजन गरेको पाइएको छ । बजेटमा टुक्रे योजना नराख्ने भन्दै राष्ट्रिय योजना आयोगले तीन करोड रुपैयाँभन्दा बढीका आयोजनामा मात्र बजेट विनियोजन गर्ने गरी ‘राष्ट्रिय आयोजना बैंक मापदण्ड २०८१’ लागू गरेको थियो ।…