एमालेद्वारा स्थानीय तह चुनावका लागि दल दर्ता

काठमाडौँ, १३ फागुन । नेकपा एमालेले स्थानीय तह चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन आयोगले निकालेकाे सूचनाअनुसार आयोगमा पुगेर दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिनुभयो ।…