छुटे ललिता निवास प्रकरणका सुवेदी दम्पती

काठमाडौं, २८ पौष । बालुवाटारस्थित ललिता निवास प्रकरणका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले मंगलबार छाडेको छ । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको सिआइबीले जनाएको छ । सीआईबीका प्रमुख धिरज प्रताप सिंहका अनुसार आवश्यक परेको बेला उपस्थित हुने गरी सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पतीलाई छाडिएको हो ।…