काठमाडौँ, १५ पौष । देशभर थप २४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २२८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ८९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २३५ र एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ७४६ जना सङ्क्रमणमुक्त…