काठमाडौँ, १२ पौष । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । बन्द सत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक एवं वैचारिक प्रतिवेदन पेश गरेका हुन् । बन्द सत्रमा नेपाली विशेषतासहितको समाजवादी मोडलको राजनीतिक प्रतिवेदन पेश गरिएको हो । अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको…