काठमाडौँ, २६ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये २७ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् । शनिबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले निर्वाचन समितिको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिनेहरुमा जंगीलाल राय, संयजकुमार यादव, गोविन्दराज…