काठमाडौँ, १६ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्न नसक्नेहरूको गुणगान नगाउन कार्यकर्ताहरूलाई अपिल गर्नुभएको छ । काँग्रेस काठमाडौँ महानगरको अधिवेशन उद्घाटन गर्नुहुँदै नेता सिंहले वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूले विश्राम लिनुपर्ने बताउनुभयो । आफूले २०७४ सालमा काँग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवालाई…