उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थप, राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बिहीबारबाट राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध गर्ने निर्णय गरेको हो । निजी तथा सार्वजनिक सवारीसाधनहरू राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्ने भन्ने निर्णय भएको छ । राति होटलमा गएर भेला भई खानपिन गर्ने धेरै भए भनेर सो निर्णय गरेको बताइएको छ…