काठमाडौँ, ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेका छन् । युथ फोर्सका स्कर्टिङमा ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारासहित ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन् । उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो । ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले…