भक्तपुर, ४ जेठ । कोरोनाका कारण विरामीले एम्बुलेन्स नपाएरहेको गुनासो आइरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा एम्बुलेन्स उपलब्ध भएको छ । सांसद बस्नेतको विशेष पलहमा भारत सरकारको सहयोगमा उक्त कोभिड एम्बुलेन्स सूर्यविनायक नगरपालिका तथा मानविय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको छ ।…