भारतले कोरोनाविरुद्धको खोप निर्यातमा रोक लगायो

काठमाडौँ, १२ चैत । भारतले कोरोना भाइरस विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ । बीबीसीका अनुसार अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ । पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो । भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत…