Banner News

प्रधानमन्त्रीद्वारा एमालेको नयाँ प्रस्तावित कार्यालय निरिक्षण



काठमाडौँ, ११ चैत । प्रधानमान्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको थापाथलीमा सर्न लागेका नयाँ कार्यालयको निरीक्षण गरेका छन ।

आज प्रधानमन्त्री ओली थापाथली पुगेर नयाँ पार्टी कार्यालय भवनका सबै कोठा र कौसीमा गई निरिक्षण  गरेका हुन ।केही समय बिताउनु भएका प्रधानमन्त्री निरिक्षण गरेर बाहिरिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले निकट भविष्यमा रहने पार्टी कार्यालयको निरीक्षणका लागि प्रधानमन्त्री आएको र अब चाँडै धुम्बाराहीबाट यहाँ सर्न लागेको समेत बताएकी छन ।

केन्द्रीय कार्यालय वैशाख १ गतेबाट थापाथली सर्ने भएको छ । थापाथलीस्थित नयाँ पार्टी कार्यालयको बुधबार प्रधानमन्त्रीले निरीक्षण गरेपछि सर्ने मिति घोषणा गरिएको हो । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले वैशाख १ गते पार्टी कार्यालय सर्ने बताउदै ५ वर्षका लागि सम्झौता भएको जानकारी दिए ।