काठमाडौँ, २१ फागुन । ‘म आग्रह गर्छु – मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुहोस्,’ मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै यिनै अभिव्यक्ति दिएका थिए । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि ६९ वर्षीय खोली झनै सक्रिय देखिएका छन् । स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएका मुलुकका कार्यकारी प्रमुखको सक्रियता र आत्मविश्वास देखेर उपचारमा संलग्न चिकित्सक…