काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् । आज काठमाडौँको नारायणहिटी संग्राहलय अगाडि आयोजित बिशाल सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्यत्र ठाउँ सानो भएकाले त्यहाँ सभा गरेको र सबैभन्दा ठूलो ठाउँ छान्दा पनि जनता बस्ने ठाउँ नभएको बताए । मूल पार्टी कुन भन्ने अन्योलमा अझै कोही…